headings
stringlengths 6
104
| paras
stringlengths 57
472
| label
stringclasses 3
values |
|---|---|---|
फिओरेन्टिनाका कप्तान एस्टोरी रहेनन्
|
फिओरेन्टिनाका कप्तान एवं इटालियन डिफेन्डर डेविड एस्टोरीको होटल कोठामा निधन भएको क्लबले आइतबार जनाएको छ ।
|
sports
|
रोबोटिक ज्ञानेन्द्र !
|
ललितपुर प्याट्रियट्स टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्वालिफायर २ को अन्तिम ओभरमा भैरहवा ग्लाडियटर्ससँग पराजित हुन पुगेको थियो । गत संस्करणको त्यो तीतो क्षण सम्झने हो भने प्याट्रियट्सलाई यसपालिको फाइनल विशेष हुनेछ । प्याट्रियटसले मंगलबार क्वालिफायरमा काठमाडौं किंग्स ११ लाई अन्तिम बलमा १ विकेटले हराएको थियो ।
|
sports
|
इन्दिरा गोले एकल सांगीतिक साँझ हुँदै
|
आगामी फागुन २६ गते लोकगायिका इन्दिरा गोले एकल सांगीतिक साँझ हुने भएको छ ।
|
entertainment
|
पर्खाइको भोक
|
यतिबेला राष्ट्रिय भलिबल टोली उत्कृष्ट फर्ममा छ । गत वर्ष माल्दिभ्स र बंगलादेशमा सम्पन्न तेस्रो र चौथो सेन्ट्रल जोन भलिबलको प्रदर्शनले खेलाडीलाई अझै उत्साहित बनाएको छ । तेस्रो सेन्ट्रल जोन प्रतियोगितामा तेस्रो भएको नेपाली टोली चौथो संस्करणमा सेमिफाइनल पुगेको थियो ।
|
sports
|
कथा ग्रिसेली अभिनय नेपाली
|
ग्रिसेली कथामा आधारित नाटक ‘एन्टिगोनी’ पश्चिम बंगालको बहरामपुरमा बुधबार साँझ मञ्चन गरियो । बहरामपुरको रवीन्द्र सदनमा जारी ‘ऋत्विक अन्र्तराष्ट्रिय नाटक महोत्सव’ मा यो नाटक नेपालका तर्फबाट छानिएको हो ।
|
entertainment
|
रियल म्याड्रिड बराबरीमा रोकियो
|
स्पेनिस ला लिगा अन्तर्गत बुधबार रियल म्याड्रिड र एथ्लेटिक बिल्बाओबिचको खेल १–१ को बराबरीमा टुंगिएको छ ।
|
sports
|
सुक्खा क्षेत्रको सिँचाइमा बजेट खोइ ?
|
सिँचाइको उचित व्यवस्थापन नहुँदा मधेसका किसान सुक्खायाममा समस्या भोग्न बाध्य छन् । अझ सरकारले सिँचाइका लागि शून्य बजेट विनियोजन गरेको छ । आकासेपानी र भूमिगत सिँचाइबाट जेनतेन खेती गर्दै आएका उनी यस सिजनमा पनि सिँचाइका लागि शून्य बजेट विनियोजनले चिन्तित छन् ।
|
business
|
लन्डनब्रीज तीज पहिरनले राताम्मे
|
नेपाली हिन्दू महिलाहरुको पर्व तीज नजिकिंदै गर्दा त्यो माहोलले बेलायत पनि अछुतो रहेन । तीज मौका छोपेर नेपाल जस्तै बेलायतमा पनि म्यूजिक भिडियो निकाल्ने लहर छ ।
|
entertainment
|
चार महिनामा सय व्यापारीलाई जरिवाना
|
नयाँ उपभोक्ता ऐन जारी भएपछि चार महिनामा सरकारले एक सय पाँच व्यावसायिक फार्मलाई जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्यांकअनुसार गत असोजमा ऐन जारी भएपछि ६ सय ३३ व्यावसायिक फार्ममा अनुगमन भएको छ ।
|
business
|
संकटालाई सफलता
|
संकटा क्लबले मंगलबार चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४–१ ले हराउँदै चौथो कटारी मेयर गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । निर्धारित समयमा २–२ को बराबरी भएपछि टाइब्रेकरबाट नतिजा निकालिएको हो ।
|
sports
|
अस्ट्रेलियामा हरिवंशको कलाकारिताबाट मख्ख परे नेपाली
|
हरिवंश आचार्य नेपालीहरुको लागि नयाँ नाम होइन् तरपनि आइतबार उनले कलाकारिताको उत्कृष्ट उदाहरण दिएर यहाँका नेपालीहरुलाई नतमस्तक बनाइदिए ।
|
entertainment
|
धराशायी बन्दै चिज उद्योग
|
कुनै बेला दूध बोकेर आउने कृषक र प्रशोधनमा व्यस्त कर्मचारीका कारण भीडम्भाड हुने पशुपतिनगरस्थित चिज कारखाना हिजो आज सुनसान छ । फिक्कल–फाटक सडकसँगै जोडिएको कारखानामा केही कर्मचारी मात्र भेटिन्छन् । दूधका टयामी र प्रशोधन उपकरणले भरिभराउ कारखाना रित्तो छ ।
|
business
|
विवादपछि अन्तत: “पद्मावत”
|
लामो विवादपश्चात् अन्तत: फिल्म ‘पद्मावती’ नाम फेरिएर ‘पद्मावत’ का रूपमा बिहीबार रिलिज हुँदै छ । दुई सय करोडमा बनेको फिल्म डेढ महिनाअघि नै थिएटरमा आउने तय भएको थियो ।
|
entertainment
|
भाडामा लगाउनुको सट्टा होमस्टे
|
होमस्टेहरू प्राय: ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका छन् । होमस्टे नीति २०६५ ले पनि विशेषत: ग्रामीण भेगकै पर्यटन विकास र स्वरोजगारका लागि होमस्टे सञ्चालन गर्ने उल्लेख गरेको छ । तर, यस्ता सुविधा सहरमा पनि उपलब्ध गराउन सकिने नीतिमा छ ।
|
business
|
४० अर्ब लाभांश बाहिरियो
|
चालु आर्थिक वर्षको नौ महिनामा लाभांशबापत करिब ४० अर्ब रुपैयाँ बाहिरिएको छ । प्रत्यक्ष वैदेशी लगानी (एफडीआई) मा सञ्चालित कम्पनीहरूबाट लाभांशका रूपमा उक्त रकम बाहिरिएको हो ।
|
business
|
महिन्द्रासँग एपीएफको निरन्तरता
|
नेपाल एपीएफ क्लबले आइतबार महिन्द्रा मोटर्ससँगको सम्झौतालाई ५ वर्षका लागि नवीकरण गरेको छ । नयाँ सम्झौताअनुसार क्लबले वार्षिक ४० लाख पाउने छ । ५ वर्षसम्मको कुल सम्झौता रकम २ करोड रुपैयाँबराबरको हुनेछ ।
|
sports
|
६० लाखमा वन्यो बहुउद्देश्यीय कभर्डहल
|
हेटौंडा–११ स्थित थानाभर्याङमा मकवानपुरकै सबैभन्दा ठूलो ब्याडमिन्टन कभर्डहल तयार भएको छ । करिब ६० लाख रुपैयाँमा तयार भएको बहुउद्देश्यीय ब्याडमिन्टन हलको उद्घाटन असोज १९ मा गरिने जनाइएको छ ।
|
sports
|
‘बाँध मायाले’ को गीत
|
‘बाँध मायाले’ फिल्मको टाइटल सङ बुधबार राजधानीमा रिलिज गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा कलाकारहरू आर्यन अधिकारी र सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा प्रस्तुत भएका छन् ।
|
entertainment
|
सेयर कायम गर्न आलटाल
|
निजी क्षेत्रले दुईतिहाइभन्दा बढी सेयर ओगटेको साल्ट ट्रेडिङ कर्पोरेसनमा सरकारको हिस्सा बढाउने निर्णय कार्यान्वयन हुन सकेको छैन । अर्थ मन्त्रालयले तीन महिनाअघि नै सरकारको नाममा सेयर कायम गर्न निर्देशन दिए पनि आपूर्ति मन्त्रालयबाट आलटाल भएको हो ।
|
business
|
बलिउड अभिनेता गोविन्दा काठमाडौंमा
|
बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । एलजी फिल्म अवार्डका लागि उनी शनिबार काठमाडौं अोर्लिएका हुन् ।
|
entertainment
|
पीपीएल सर्वाधिक धनराशिको
|
पोखरा प्रिमियर लिग (पीपीएल) नेपालको सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । यसको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधबार प्रतियोगिता विजेतालाई २७ लाख र उपविजेतालाई १० लाख दिने घोषणा गरेको छ ।
|
sports
|
भान्सा साह्रै महँगो
|
चाडबाडको मुखमा बजारमा उपभोग्य वस्तुको मूल्य बढेको छ । दैनिक भान्सामा खपत हुने खाद्यान्नदेखि लत्ताकपडाको मूल्य बढेको हो । प्रदेशका विभिन्न जिल्लाका उपभोक्ताका अनुसार उपभोग्य वस्तुको भाउ १० देखि २५ प्रतिशतले बढेको छ ।
|
business
|
डीजीएमटी कप – पुलिस च्याम्पियन
|
नेपाल पुलिस क्लबले जनकपुरमा सम्पन्न तेसो दीपक गुप्ता स्मृति (डीजीएमटी) ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ । पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३४ रनले पराजित गर्दै उपाधिसहित ३ लाख ११ हजार रुपैयाँ पुरस्कार जित्यो । उपविजेता आर्मीले १ लाख ७१ हजार रुपैयाँ पाए ।
|
sports
|
‘नेपाली फिल्म मौलिकताविहीन’
|
नेपाली फिल्ममा अझैसम्म मौलिकताको अभाव हुनु विडम्बना भएको फिल्म निर्देशक नवीन सुब्बाले टिप्पणी गरेका छन् । आमदर्शकले अपनत्व महसुस गर्न सक्ने कथावस्तु प्रस्तुत हुन नसक्दा रजतपटमा नेपाली मौलिकता नै मर्ने अवस्था आएको भन्दै उनले गुनासो पनि गरेका छन् ।
|
entertainment
|
८ महिनामा ६ लाख पर्यटक
|
सन् २०१८ को पहिलो ८ महिनामा हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या ६ लाख ८० हजार पुगेको छ ।
|
business
|
मोड्रिचलाई बालोन डी’अर : मेसी र रोनाल्डोको राज तोडियो
|
आयोजक फ्रान्सका विश्व विजेता टोलीका स्टार खेलाडीलाई पछाडि पार्दै रियल म्याड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोड्रिचले सोमबार बालोन डी’अर–२०१८ अवार्ड जितेका छन् । जसले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको १० वर्षे साम्राज्य तोडिदिएको छ ।
|
sports
|
निम्फ अवार्डमा १४ फिल्म
|
आदिवासी विषय, समाज र संस्कृतिमाथि बनेका नेपाली फिल्म केन्द्रित रहेर अमेरिकामा हुँदै आएको नेपाल आदिवासी फिल्म महोत्सव (निम्फ) का लागि ९ फिचर फिल्म, ३ सर्ट फिल्म र २ डकुमेन्ट्री छनोटमा परेका छन् ।
|
entertainment
|
सकियो ‘केसाङ्ला’ को सुटिङ
|
लिम्बू भाषाको फिल्म ‘केसाङ्ला’ को छायांकन सकिएको छ । लोकेन साम्बाको कथा र निर्देशन रहेको फिल्ममा लिम्बू समुदायमा प्रचलित सलुक्पा मेखिम (चोरीविवाह) लाई मुख्य विषयवस्तु बनाइएको छ ।
|
entertainment
|
प्रथम सभामुख कप भलिबल सुरु
|
सभामुख कृष्णबहादुर महराले अबको पालो देश समृद्ध बनाउने भएकाले खेल क्षेत्रसमेत यस दिशातर्फ लाग्नुपर्ने बताएका छन् ।
|
sports
|
कोलकातामा रोकिएका कन्टेनर छुट्दै
|
विगत चार दिनदेखि कोलकाता बन्दरगाहमा रोकिएका २ सय ५० भन्दा बढी नेपाली सामानले भरिएका कन्टेनर मंगलबार मात्र त्यहाँबाट छुट्ने भएका छन् । नेपाली व्यापारीहरूले नयाँ प्रणालीअनुसार आयात नगरेका कारण सामान छोड्न भारतीय भन्सारले छोडन नमानेको हो ।
|
business
|
सहिद स्मारक ए डिभिजन लिग : पेनाल्टीमा गुमेको मौका
|
प्रतिस्पर्धात्मक पहिलो हाफ । दोस्रो हाफमा बलमाथि पकड । तर, पेनाल्टी चुकाइ । र, बराबरीमा चित्त बुझाउन बाध्य । माथिल्लो श्रेणीको फुटबल ए डिभिजन लिगको ‘डेब्यु’ मा च्यासल युवा क्लबको कथा यही हो ।
|
sports
|
जिप सफारीमा आकर्षण
|
पर्यटकीय नगरी सौराहामा आउने पर्यटकमध्ये करिब ७० प्रतिशतले जिप सफारीबाट चितवन निकुञ्ज घुम्ने गरेका छन् ।
|
business
|
सम्मेलनलाई सजियो जुम्ला
|
जुम्लाको आर्थिक समृद्धिका लागि लगानी सम्मेलनको तयारी भइरहेको छ । ‘विकास सामथ्र्यको उजागर’ नाराका साथ भदौ २९ मा चन्दननाथ नगरपालिकाले सम्मेलन गर्न लागेको हो ।
|
business
|
गुणस्तरीय इन्टरनेटमा प्रयोगकर्ता आकर्षित
|
गुणस्तरीय इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या तीन गुणा बढेको छ ।
|
business
|
रेटिङ बुद्धिचाल शनिबारदेखि
|
नाइट चेस क्लब काँकडभिट्टाको आयोजनामा शनिबारदेखि पीबी थापा स्मृति राष्ट्रिय खुला रेटिङ बुद्धिचाल हुने भएको छ ।
|
sports
|
बोलीको दाम लाग्दै मण्डलामा
|
बोल्न पाएँ भनेर प्याच्च नबोल्नू, बस्न पाएँ भनेर थ्याच्च नबस्नू । यस्तै घतलाग्दा लोकोक्तिका पृष्ठभूमिमा आफ्नै कथा लुकेका हुन्छन् । ती दन्त्यकथा बनेर समाजमा बाँचिरहेका हुन्छन् । यति बेला अनामनगरस्थित मण्डला थिएटरमा पनि यस्तै लोककथामा आधारित रही ङ समूहले नाटक ‘एक बोली एक दाम’ मञ्चन गरिरहेको छ ।
|
entertainment
|
अवार्डमा क्रिकेटको वर्चस्व
|
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा राजधानीमा सम्पन्न पल्सर स्पोर्ट्स अवार्ड २०७४ मा क्रिकेटले चार विधामा अवार्ड जितेको छ ।
|
sports
|
‘फिल्म नचल्नुमा कलाकार मात्रै दोषी हुँदैनन्’
|
फिल्म नचल्नुको अपजस कसलाई जान्छ ? निर्माता, निर्देशक वा कलाकारलाई ? नायिका मलिना जोशी भन्छिन्, ‘फिल्म नचल्नुमा कलाकार मात्रै दोषी हुँदैनन् ।’
|
entertainment
|
बिचौलियाले तीन गुणा महँगो
|
चापागाउँ बोहोराटारका राधाकृष्ण बोहोराले आफ्नो बारीबाट हरियो लसुन र प्याज प्रतिकिलो २० रुपैयाँमा बिक्री गर्छन् । उनले बेचेको त्यही हरियो लसुन र प्याजको लगनखेलस्थित तरकारी बजारमा उपभोक्ताले प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्म तिर्नुपर्छ ।
|
business
|
नेपालको हार निरन्तर
|
परम्परागत प्रतिद्वन्द्वी अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपाल विश्वकप छनोट क्रिकेटको समूह चरणबाटै बाहिरिने लगभग निश्चित भएको छ । शनिबारको पराजय जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपालको लगातार तेस्रो हो । दोस्रो चरण पुग्ने नेपालको सम्भावना गणितीय हिसाबमा मात्र बाँकी छ ।
|
sports
|
स्वारेजको गोलले बार्सिलोना कोपाको फाइनल नजिक
|
लुइस स्वारेजले हेडबाट गरेको एक मात्र गोल मदतले डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले कोपा डे रे सेमिफाइनल पहिलो लेगमा बिहीबार राति भ्यालेन्सियालाई १–० ले हरायो।
|
sports
|
प्रदेशका कृषिमन्त्री राजधानीमा
|
संघीय सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारी गर्दै गरेका बेला ६ वटा प्रदेश सरकारका कृषिमन्त्रीले आइतबार संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाललाई भेटेका छन् ।
|
business
|
निशान नम्बर एकमा
|
गायक निशान भट्टराईका ‘कोरेर मीठा भावहरू...’, ‘आफ्नै छाया...’ लगायत गीत यसअघि सार्वजनिक भएका थिए ।
|
entertainment
|
६ वर्षयताकै महँगो भयो सुन
|
मंगलबार पनि सुनको भाउ बढ्ने क्रम जारी छ । स्थानीय बजारमा १ तोला सुनको ६१ हजारमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
|
sports
|
हवाई भाडा २२० सम्म बढ्यो
|
इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेपछी १५ वटा निजी वायुसेवा सञ्चालकहरूको संगठन (आयोन) ले मंगलबारदेखि लागू हुने गरी बढीमा २ सय २० रुपैयाँसम्म हवाई भाडा बढाउने निर्णय गरेको छ ।
|
business
|
निर्मला र टिनालाई स्वर्ण
|
दीपक तिमल्सिना र ठाकुर श्रेष्ठले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलमा स्वर्ण पदक जितेका छन् । राष्ट्रिय पारा भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ ५४ केजीमा दीपक र ६५ केजीमा ठाकुर विजेता भए ।
|
sports
|
३२ अंकले घटयो नेप्से
|
सेयर कारोबार मापक नेप्से परिसूचक यो साता करिब ३२ अंकले घटयो । उक्त अवधिमा साताका सबै कारोबार दिनमा नेप्से घटेपछि साप्ताहिक रूपमा पनि परिसूचकमा उच्च अंकको गिरावट आएको हो ।
|
business
|
शीतभण्डार उपयोगविहीन
|
आठ वर्षअघि निर्माण भएको शीतभण्डार उपयोगविहीन बनेको छ । भारतीय दूतावासको सहयोगमा साढे चार करोड रुपैयाँ खर्चेर कोल्डस्टोर बनाइएको हो ।
|
business
|
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित
|
दीपेन्द्र सिंह ऐरीले ४७ रनको अविजित इनिङ खेलेपछि यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको छ । योसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।
|
sports
|
पश्चिम सेतीमा मत बाझियो
|
पश्चिम सेती जलविद्युत् आयोजना निर्माणबारे चीन र नेपाल सरकारको मत बाझिएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले बनाउने सहमति भएको आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी लगानीमै बनाउने उल्लेख छ ।
|
business
|
आठौं राष्ट्रिय खेलकुद : चीनबाट तयारी प्यारापिट
|
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम तयारी भइरहँदा नेपालगन्ज रंगशालाका लागि चीनबाट अत्याधुनिक र तयारी (रेडिमेड) प्यारापिट मगाइएको छ ।
|
sports
|
प्रणव र सन्तोषबीच उपाधि भिडन्त
|
प्रथम खुला राष्ट्रिय लनटेनिसको पुरुष एकल उपाधिका लागि प्रनव खनाल र सन्तोष खत्री भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा प्रनवले जितेन्द्र परियारलाई २–१ सेटले पराजित गरे ।
|
sports
|
आशावादी धीरज–साम्राज्ञी
|
काठमाडौं– फिल्म ‘ड्रिम्स’ बाट ब्रेक पाएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह त्यसपछि ‘ए मेरो हजुर २’ मा डेब्यु एक्टर सलिनमान बानियाँसँग देखिइन् ।
|
entertainment
|
आलेलाई लाखसहित सम्मान
|
तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताको मंगलबार उद्घाटनका अवसरमा बक्सिङका पूर्वखेलाडी एवं प्रशिक्षक सुरेश आलेमगरलाई १ लाख १ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
|
sports
|
नेप्से झन् ओरालो
|
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब २३ अंकले घटयो । अघिल्लो दिनको तुलनामा दुई प्रतिशतले घटेपछि समग्र नेप्से १ हजार १ सय १८.१९ अंकमा ओर्लियो ।
|
business
|
सिमरा गोल्डकप : थ्रीस्टार फाइनलमा
|
साबिक विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लब दसौं सिमरा गोल्डकप फुटबलको उपाधिलाई भिड्ने भएका छन् ।
|
sports
|
लिभरपुल ११ वर्षपछि फाइनलमा
|
लिभरपुल सन् २००७ पछि पहिलोपल्ट युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको छ । एएस रोमासँगको सेमिफाइनल दोस्रो लेगमा बुधबार राति ४–२ ले नाटकीय पराजय भोगे पनि लिभरपुल ७–६ को अग्रतामा फाइनल पुगेको हो ।
|
sports
|
‘रारा रुटका’ होटल भरिभराउ
|
होटल व्यवसायी भक्तबहादुर आरसीका वीरेन्द्रनगरमा दुईवटा होटल छन् । अरू समय मुस्किलले आधा–आधी हुने दुवै होटल दसैं लगत्तै भरिभराउ छन् ।
|
business
|
लयमा चितवन राइनोज
|
हरिशंकर साहको अर्धशतकप्रेरित चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा बिहीबार हुलास काठमाडौं रोयल्समाथि १३ रनको जित हात पारेको छ । लगातार दोस्रो जितपछि चितवन शीर्ष तीनतर्फ अग्रसर भएको छ ।
|
sports
|
‘लिलिबिली’ को वर्चस्व
|
कामना फिल्म अवार्डस्को चौथो शृंखलामा फिल्म ‘लिलिबिली’ ले सर्वाधिक पाँच विधामा अवार्ड जितेको छ । सर्वोत्कृष्ट फिल्म र सर्वोत्कृष्ट निर्देशकसहित महत्त्वपूर्ण विधामा समेत यही फिल्म उत्कृष्ट चुनियो ।
|
entertainment
|
न्युजिल्यान्ड फाइनलमा
|
न्युजिल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी–२० सिरिजको अन्तिम लिग खेलमा आइतबार इंग्ल्यान्डले घरेलु टोलीलाई २ रनले पराजित गरेको छ ।
|
sports
|
एपीएफ च्याम्पियन
|
अपराजित रहँदै विभागीय टोली नेपाल एपीएफ क्लब शनिबार १३ औं रेडबुल ढोरपाटन यूएम महिला डबल लिग भलिबलमा च्याम्पियन बनेको छ ।
|
sports
|
मन जोडे दीपले
|
स्थानीय तहको चुनावबाट विभाजित भएका नगरवासीलाई शनिबार साँझ वरिष्ठ गायक दीप श्रेष्ठको गीत/संगीतले जोड्ने काम गर्यो। श्रेष्ठको एकल साँझमा सबै दल र क्षेत्रका नगरवासी सँगै बसेर राति अबेरसम्म रमाइलो गरे।
|
entertainment
|
प्रथम महिला राष्ट्रिय हक्की : प्रदेश–३ विजयी
|
साहना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिता सोमबारबाट हेटौंडामा सुरु भएको छ । नेपाल हक्की संघको आयोजनामा हेटौंडा–११ स्थित दंगा प्रहरी नियन्त्रण गणको मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाल आर्मी क्लब र प्रदेश नम्बर–३ विजयी भए ।
|
sports
|
भ्यालेन्टाइन्स डेलाई रामकृष्णको भिडियो
|
भ्यालेन्टाइन्स डेमा समर्पित गर्दै गायक रामकृष्ण ढकालले नयाँ म्युजिक भिडियो प्रिमियर गरेका छन् । केएल टावरको एफक्यूबमा आयोजित कार्यक्रममा ‘यस्तो को हौ तिमी...’ बोलको गीत निकालेका उनले श्रीमती निलम शाह ढकाललाई गुलाफको फूल थमाए ।
|
entertainment
|
अन्तत: लिग हुने
|
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ वर्षको अन्तरालपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज १३ गतेबाट नै सुरु गर्ने निर्णय गरेको छ ।
|
sports
|
तेलको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर १ सय १०
|
नेपाल आयल निगमले मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आयल निगमको संचालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाउने निर्णय गरेको हो ।
|
business
|
सादा कागजमा भन्सारको भर्पाई
|
नेपालको एउटा अन्तर्राष्ट्रिय भन्सार नाकाका अधिकारीहरूसँग बिल छैन । उनीहरूले सादा कागजमा भर्पाई गरी रकम असुल्छन् । उत्तरी चीन सीमा हिल्सास्थित यारी नाका भन्सारले यसरी रकम उठाउने गरेको पाइएको हो ।
|
business
|
जावलाखेलसँग पुलिस पराजित
|
जावलाखेल युथ क्लबले ललित मेमोरियल युथ यू–१८ च्याम्पियनसिपमा पहिलो सफलता निकाल्नेक्रममा मंगलबार नेपाल पुलिस क्लबलाई १–० ले हराएको छ ।
|
sports
|
सागरको दोस्रो शतक
|
मलेसियन प्रिमियर लिग क्रिकेटअन्तर्गत क्वालालम्पुरका लागि खेलिरहेका नेपाली अलराउन्डर सागर पुनले प्रतियोगिताको दोस्रो शतक बनाएका छन् ।
|
sports
|
लगानी बोर्डले पश्चिम सेती आयोजना निर्माणका लागि ‘नयाँ मोडल’ खोज्ने
|
बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई जिम्मा दिएको ७ वर्षपछि लगानी बोर्डले पश्चिम सेती आयोजना निर्माणको लागि नयाँ मोडालिटी खोजी गर्ने भएको छ ।
|
business
|
बहुपति प्रथामा ‘सूर्योदय’ बन्ने
|
निर्माण घोषणाको झन्डै नौ वर्षपछि फिल्म ‘सूर्योदय : द सनराइज सोनम एण्ड हर हसब्यान्डस’ बन्ने पक्कापक्की भएको छ । हिमाली भेगमा विद्यमान बहुपति प्रथामाथि आधारित उक्त फिल्मको निर्देशन आकाश अधिकारीले गर्ने भएका छन् ।
|
entertainment
|
तीन उपाधि सामुन्ने रशिला
|
त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टनको तीन विधाको फाइनल पुगेकी छन् ।
|
sports
|
एडीबी प्रतिबद्धताको एक चौथाइ खर्च
|
एसियाली विकास बैंक (एडीबी) ले प्रतिबद्धता गरेको रकमको एक चौथाइ (साढे ४१ प्रतिशत) मात्रै खर्च भएको छ । एडीबीले सन् २०१८ को ‘कन्ट्री पोर्टफोलियो रिभ्यु’ शुक्रबार गर्दै यस्तो जानकारी गराएको हो ।
|
business
|
ओपन वाटरमा शिरीष च्याम्पियन
|
ओलम्पियन शिरीष गुरुङले फेवातालमा भएको आठौं ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । शिरीष शुक्रबार ४० प्रतियोगीलाई पछि पार्दै तेस्रोपल्ट च्याम्पियन भए ।
|
sports
|
तिहार बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने
|
नेपाल आयल निगमले तिहार बिदामा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त इन्धन उपलब्ध गराएको जनाएको छ ।
|
business
|
१६ जलविद्युत् कम्पनीका सेयर आउँदै
|
निकट भविष्यमा डेढ दर्जन जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन् ।
|
business
|
पर्यटकको रोजाइमा ‘बीएन्डबी’
|
जापानकी अकी सुगिमोतो नेपाल आउँदा तारे होटलमा बस्दिनन् । उनलाई गेस्टहाउस, होमस्टे, होस्टल, रिसोर्ट वा अपार्टमेन्टभन्दा बेड एन्ड ब्रेकफास्ट (बीएन्डबी) इनहरू चित्त बुझ्छन् । ‘यहाँ सस्तो हुन्छ,’ झम्सिखेलस्थित द यल्लो हाउसमा भेटिएकी उनले भनिन्, ‘होटलजस्ता ठूला हुँदैनन्, शान्त र सुरक्षित हुने भएकाले बीएन्डबी रोज्छु ।’ एक हप्ताका लागि नेपाल आएकी उनी यो अवधिभर यल्लोमै बस्दै छिन् ।
|
business
|
त्रिभुवन आर्मी सेमिफाइनलमा
|
सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० ले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब बाराको सिमरा रंगशालामा जारी नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा त्रिभुवन आर्मीको सेमिफाइनल यात्रामा म्यान अफ द म्याच जर्जप्रिन्स कार्कीले २, नवयुग श्रेष्ठ र दिनेश हेन्जनले समान १ गोल गरे ।
|
sports
|
लाङटाङ पदमार्गमा पर्यटकको लर्को
|
काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्येमा लाङटाङ पनि एक हो । यही कारणले लाङटाङमा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । लाङटाङ जाने पर्यटकले एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्छन् ।
|
business
|
अलैंचीका बोटमा ढुसी
|
अलैंचीका पुराना बिरुवामा ढुसी लागेर धमाधम सुक्न थालेको छ । करिब तीन दशकअघि खेती सुरु गरिएको बेंसीसहर नगरपालिका १० खाँचे क्षेत्रमा अलैंचीका प्राय: सबै बोटमा ढुसी लागेको हो ।
|
business
|
नोटमा केरमेट गरे जेल
|
नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।
|
business
|
बहादुरीपूर्ण यात्रा
|
आफूभन्दा उच्च वरीयताका भारत र इरानलाई पराजित गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोली उडिसामा जारी हिरो गोल्डकप फुटबलको फाइनल पुगेको छ ।
|
sports
|
५२ थरी वसन्ती अचार
|
उद्यमले पैसा बर्साउँछ । त्यो उद्यम ठूलै हुनुपर्छ भन्ने छैन । लगाव र मेहनत भयो भने सानो सीप र उद्यमले पनि अब्बल बन्न सकिन्छ । यसलाई बुटवलकी व्यवसायी वसन्ती खत्रीले चरितार्थ गरेकी छिन् । करिब २७ वर्षअघि उनले ५० रुपैयाँको सामग्री किनेर अचार बनाउन थालेकी थिइन् ।
|
business
|
घलेगाउँमा चिया पर्यटन
|
पाल्पा रामपुरकी सीता मल्लले घलेगाउँको चिया खेतीबारे निकै सुनेकी थिइन् । हेर्न किनै मन थियो । समूह नै लिएर आएपछि उनको रहर पूरा भयो ।
|
business
|
हलमा तीन नयाँ
|
नयाँ वर्षको सुरुवातसँगै शुक्रबारदेखि देशभर तीन नेपाली फिल्म ‘लभ लभ लभ’, ‘घामपानी’ र ‘राधे’ रिलिज भएका छन् ।
|
entertainment
|
भारत जाँदै ‘राजेन्द्रलक्ष्मी’
|
ऐतिहासिक विषयवस्तुमाथि तयार पारिएको नृत्य–नाटिका ‘राजेन्द्रलक्ष्मी’ भारतको बंग्लोरमा जारी रंगशंकरा थिएटर फेस्टिभलमा मञ्चन हुने भएको छ । दक्षिण भारतको प्रतिष्ठितमध्येको मानिने यो नाट्य महोत्सवमा नेपालबाट ‘राजेन्द्रलक्ष्मी’ छानिएको नाटक उत्पादक संस्था एस्थेटिक डान्स स्टुडियोले जनाएको छ ।
|
entertainment
|
अन्तरप्रदेश खेलकुद हुने
|
सुदूरपश्चिम प्रदेश सरकारले २ करोडको लागतमा पहिलो मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद धनगढीमा आयोजना गर्ने भएको छ । पदकका आधारमा प्रथम, द्वितीय र तृतीय हुने प्रदेश टिमलाई ट्रफीसहित क्रमशः १५, ८ र ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता फागुन २९ देखि चैत ३ सम्म हुनेछ ।
|
sports
|
एनसेलको लेखापरीक्षणः दुई विदेशी कम्पनीको प्रस्ताव
|
कर असुलीका लागि एनसेलको सम्पत्ति र दायित्व लेखापरीक्षण गर्न सरकारले आह्वान गरेको प्रस्तावमा दुई विदेशी कम्पनीले इच्छा देखाएका छन् ।
|
business
|
विद्युत् नियमन आयोग गठन प्रक्रिया अघि बढयो
|
विद्युत् नियमन आयोग गठनसम्बन्धी ऐन बनेको करिब एक वर्षपछि गठनको प्रक्रिया अघि बढेको छ । आयोग गठनका लागि ऊर्जा मन्त्रालयले विद्युत् नियमन आयोगको नियमावली मन्त्रिपरिषद्मा पठाएको छ ।
|
business
|
सुटिङ रेन्जको शिलान्यास
|
मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि आवश्यक पर्ने भौतिक पूर्वाधारमध्ये सोमबार सुटिङ रेन्ज भवनको शिलान्यास गरिएको छ ।
|
sports
|
हतोत्साही नहुन सेबोनको आह्वान
|
अपेक्षाअनुसार सेयर बजार बढेन भन्दैमा हतोत्साहित नहुन धितोपत्र बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ ।
|
business
|
इजरायली निर्देशक भन्छन् - नेपाल साँच्चै अद्भुत छ
|
प्रतिष्ठित ओस्कार अवार्डमा विदेशी भाषातर्फ सबैभन्दा धेरै फिल्म इजरायलबाट मनोनयनमा पर्छन् । हालसम्म ४० भन्दा बढी इजरायली फिल्मले ओस्कार मनोनयनमा परेका छन् । त्यही फिल्म उद्योगका कहलिएका अभिनेता/निर्देशक मेइर स्विसा डकुमेन्ट्री वृत्तचित्र नेपाल आइपुगेका छन् ।
|
entertainment
|
महिला फुटबल टोली घोषणा
|
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भारतमा हुने चार राष्ट्रसम्मिलित प्रतियोगितामा प्रतिस्पर्धा गर्न शुक्रबार २३ खेलाडीको टोली घोषणा गरेका छन् ।
|
sports
|
कमल र दिलीप भिड्ने
|
नेपालका शीर्ष वरीयताका कमल भण्डारी र भारतका दिलीप मोहन्ती आईटीएफ सर्किट फोर टेनिसअन्तर्गत ३५ वर्षमाथिको एकल उपाधिलाई भिड्ने भएका छन् ।
|
sports
|
गायिका योजना पुरीको तीज गीत सार्वजनिक
|
गायिका योजना पुरीको 'सपक्कै सारी सप्को पारेर' बोलको तीज गीत सार्वजनिक भएको छ । कमल सरगमको शब्द,एकनारण भण्डारीको लय रहेको यो गीतमा पुरीको आवाज छ ।
|
entertainment
|
डे-नाईट विराट गोल्डकपमा १० टिमको सहभागिता
|
डे–नाईट विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करणकाे उपाधिकालागि १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
|
sports
|
एसिया कप छनोटमा नेपाल हङकङसँग ३ विकेटले पराजित
|
एसिया कप छनोटको अन्तिम लिग खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ३३ औं ओभरमा प्राप्त गरेको हो ।
|
sports
|
‘मोफसललाई सम्मान गरियोस्’
|
गीत राम्रो हुन पहिलो हात सर्जकको हुन्छ । गाउनुअघि शब्द हेरिन्छ । त्यहीअनुसार गीत गाउने र त्यसमा संगीत भर्ने काम गरिन्छ । शब्द नै राम्रो भएन भने न त्यसमा संगितको मिठास हुन्छ न गीतले दर्शकश्रोताको मन जित्न सक्छ ।
|
entertainment
|
नेपोलीको स्तब्धपूर्ण हार
|
इटालीको सिरी ए मा नेपोलीले शनिबार राति एएस रोमाको हातबाट स्तब्धपूर्ण ४–२ को हार बेहोरेको छ । लिगमा नेपोलीको यो दोस्रो हार मात्र हो ।
|
sports
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.